काठमाडाैंँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरु, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामानै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए । नेपाल लाइफले ल्याएको यस प्लायाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्न सकिने उनको भनाई छ ।
हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए ।उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा व्यक्त गरे ।
कम्पनीका महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताइन् । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमनै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्याउन सकिने बताइन् । बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाल लाइफ रहेको र यसले सम्पूर्ण नेपाल लाइफकर्मीलाई गौरवान्वित बनाएको उनको भनाई छ ।
प्रतिकृया दिनुहॊस