भुटानलाई ७-१ ले हराउदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।

डिफेन्डिङ च्याम्पियन्स समेत रहेको बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको छ । अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल बुधबार हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतलाई पन्छ्याएर फाइनल पुग्ने दाउमा नेपाल

काठमाडौं । नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस