जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा एक जनाको जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्नेक्रमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए । उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो ।

प्रहरी निरीक्षक भण्डारीले विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको पाइएको बताए । विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने

काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिंदै छ …

प्रतिकृया दिनुहॊस