पोखरामा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा नं. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड–२०२४ बाट सम्मानित भएको …

प्रतिकृया दिनुहॊस