नागरिक हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गठ्ठाघरसँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा एक सयजनाभन्दा बढीको स्वास्थ्य परीक्षणका साथै साधारण ल्याब सेवासमेत प्रदान गरिएको थियो ।

शिविरमा जनरल फिजिसियन सेवा, जनरल सर्जरी सेवा, स्त्रीरोग, बाल रोगलगायतका निःशुल्क विशेषज्ञ सेवाहरू प्रदान गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीले जानकारी दिए । हस्पिटलका अनुसार सुगरलगायत सामान्य ल्याब सेवा निःशुल्क रहेको थियो भने एक्स-रे, युएसजी, इसिजी, इको, सिटी स्क्यानलगायतमा २० प्रतिशत छुट र फार्मेसीमा १० प्रतिशत छुट प्रदान गरिएको थियो ।

सोही दिन हस्पिटल, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्तरूपमा सो क्षेत्रमा सरसफाइ कार्यक्रम गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जंगली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी

र्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिकृया दिनुहॊस