एसबिआईद्वारा प्रहरीलाई वित्तीय साक्षरता

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ का अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङले एकदिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनुपर्ने सचेतनाबारेमा प्रकाश पार्नुभएको थियो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । जसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्श सेवा तथा सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बोर्डद्वारा स्वीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक …

प्रतिकृया दिनुहॊस