‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बोर्डद्वारा स्वीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजना मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कार्य गर्न आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । बोर्डले कात्तिक ७ गते प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाईले हुन आउने कुल एक अर्ब रकम बराबरको निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो ।

कुल योजनाको आकारमध्ये १५ करोड बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको आठ करोड ५० लाख इकाईमात्र सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ । १० वर्ष अवधिको उक्त योजना बन्दमुखी योजना रहेको छ । इकाई धनीहरूबाट संकलित रकम प्रचलित कानुनअनुसार बोर्डमा दर्ता भएका सूचीकृत धितोपत्र, निक्षेप, सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य उपकरणमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ ।

निष्कासनसम्बन्धी अन्य सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आगामी मंसिरभित्र सार्वजनिक निष्कासनमार्फत् इकाईहरू बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ । सामूहिक लगानी कोषका इकाई धनीहरू तथा सहभागीको हित संरक्षण कार्य गर्न कोष सुपरीवेक्षकका रूपमा डा. नरहरि ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोतीराज गौतम, सिए अनिल पौडेल र सुनिता सिग्देल रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

प्रतिकृया दिनुहॊस