रास्वपामा स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका निम्ति हिरासतमा राखिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग गरिएको छ ।

रास्वपाले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारीपीडितको ८८ अर्ब रुपैयाँ फिर्तासहितको न्यायका निम्ति निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । ‘आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने । राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने । सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने,’ बैठकको निर्णय नम्बर-३ मा उल्लेख छ ।

स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने,’ निर्णय नम्बर-५ मा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर गयो भूकम्प

दोलखा । दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प …

प्रतिकृया दिनुहॊस