सिन्धुलीबाट कौडा खेलिरहेका ८ जना पक्राउ

सिन्धुली । दुधौली नगरपालिका–७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ७० रुपैयाँ, कौडा १६ थान र मोटरसाइकल २ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपामा स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका निम्ति हिरासतमा राखिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग गरिएको छ ।

प्रतिकृया दिनुहॊस