नेपाल एसबिआई मर्चेण्टको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मर्चेण्टले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे । कार्यक्रममा मर्चेण्टका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश परेका थिए।

मर्चेण्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। कम्पनीको बिहीबार बसेको …

प्रतिकृया दिनुहॊस