ज्योति विकास बैंकका ग्राहकलाई आधा दर्जन होटलमा आकर्षक छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड स्विट्स अन्तर्गतका होटलमा विशेष छुट हुने भएको छ। यस सम्बन्धमा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौता भएको छ।

सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ठमेल प्लाजा होटल एण्ड स्विट्स अन्तर्गतको ठमेलस्थित रमदा इन्कोरमा १५ प्रतिशत र पोखराको लेकसाइड स्थित दहिला बोटिक होटलमा विशेष छुट प्राप्त गर्नेछन।

यस सम्झौतापश्चात, ज्योतिका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले पोखरास्थित कुटी रिसोर्ट मा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित जंगल भिला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिसटुंग रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत …

प्रतिकृया दिनुहॊस