अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् ।

काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनले बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने, ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिने छन् ।’

उनले अब आफूहरूले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरूलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपक्षी दलविरुद्ध पनि सत्तारूढको एकैस्वर

काठमाडौं । लोकतन्त्रलाई थप सुदृढ पार्न, सरकार परिवर्तनको विकल्प संसद् र नयाँ जनादेशबाटै खोज्नुपर्नेमा सत्तासाझेदार …

प्रतिकृया दिनुहॊस