मनकामना जाँदै गरेको माइक्रो धादिङमा खस्यो

काठमाडौं । धादिङमा इभी माइक्रो दुर्घटना भएको छ । मुग्लिङ–काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय माइक्रो करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए ।

सो माइक्रोमा मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरिए १७ जिल्लाका सीडीओ, को कहाँ ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको छ। सरकारले एकै पटक १७ प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ।

प्रतिकृया दिनुहॊस