दम्पतीको हत्या घटना : घरमा थियाे अढाई लाख नगद

काठमाडाैं । कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिएका छन् । लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका हुन् ।

उनीहरू गाउँको घरभन्दा झण्डै डेढ किलोमिटर टाढा नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरमा परिवारका सदस्य बस्थे भनेपसल रहेको घरमा बडायक दम्पती मात्रै बस्ने गरेका थिए । गर्मी भएकाले बिहीबार राति उनीहरू बाहिर बरण्डामै सुतेका थिए । तर, शुक्रबार बिहान भने दुवै जनाकाे शव फेला परेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार रमेशको शव आँगनमा भेटिएको छ भने उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको थियाे भने कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य लटपटिएको थियो ।

दुवै जनाको अनुहार र टाउकोमा चोट देखिएकाले प्रहरीले हत्या भएकाे भनिरहेकाे छ । उनीहरूले बिहीबार बैंकबाट पैसा निकालेका थिए । तर, बैंकबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था पनि नरहेकाे प्रहरी बताउँछ । किनभने अढाई लाख घरमै भेटिएको छ ।

घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी टाेली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले जानकारी दिए । दुवै को शव पोस्टमार्टमका लागि महनअस्पताल पठाइएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुख्य सचिव अर्यालले बोके औषधि छर्किने मेसिन

काठमाडौं । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा …

प्रतिकृया दिनुहॊस