मुख्य सचिव अर्यालले बोके औषधि छर्किने मेसिन

काठमाडौं । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।

‘लामखुट्टे खोजी र नष्ट’अभियानअन्तर्गत आज बिहान सिंहदरबारमा पनि सरसफाइ गरिएको छ। सोही क्रममा मुख्य सचिव एकनारायण अर्याल औषधि छर्किने मेसिन बोकेर सरसफाइ अभियानमा जुटेका थिए । उनले कार्यालय परिसरमा जोखिमयुक्त स्थानमा डेंगु नियन्त्रणका लागि औषधि छर्केका थिए।

हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी)को तथ्यांकअनुसार डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सार्वजनिक लेखा समितिमा ८५ उजुरी

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानबिनको माग गर्दै विभिन्न विषयका ८५ वटा …

प्रतिकृया दिनुहॊस