नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकरको लोकार्पण

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’को आधिकारिकरूपमा लोकार्पण गरेको छ । बैंकले छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने नयाँ प्रविधि सार्वजनिक गरेको हो ।

यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात भएको बैंकले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले एनआईएमबी पेवियर नेपालका लागि गेम–चेन्जर भएको बताए । उनले यस उत्पादनले ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्णरूपले परिवर्तन गर्ने बताए ।

एनआईएमबी पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउने बताइएको छ । ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै पाँच हजार रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालभर नौवटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । बैंकले २७५ शाखा कार्यालय, २६५ एटीएम, ६५ वटा विस्तार/राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजाका होटलमा छुट

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटेल एन्ड स्विट्स अन्तर्गतका २ वटा …

प्रतिकृया दिनुहॊस