कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको सकुशल उद्वार भएको छ । प्रहरीले चाल्नाखेलबाट महिलाको उद्वार गरेको हो । उनलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अपहरणमा संलग्न एक जना युवकलाई पक्राउ पनि गरेको छ । एक जना फरार छन् । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको प्रहरीले बताएको छ । घटनाबाट थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस