माछापुच्छ्रे बैंकको नाफा ५० करोड ३२ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आर्थिक वर्षमा ५० करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकको खराब कर्जा बढेको छ भने ब्याज आम्दानीमा कमी आएको छ । तर, सञ्चालन मुनाफा भने बढेको छ । बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको चालु आर्थिक वर्षको तीन महिनाको खराब कर्जा ३.१५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा २.५६ प्रतिशत थियो ।

बैंकले तीन महिनाको अवधिमा ९९ करोड ९८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा यो मुनाफा ७८ करोड ३५ लाख रुपैयाँ थियो ।

बैंकले पहिलो त्रैमासमा तीन अर्ब ९० करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । तर, गत वर्षको सोही अवधिका बैंकले चार अर्ब ६९ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकको नाफा दुई अर्बभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा नबिल बैंकले दुई अर्ब पाँच करोड …

प्रतिकृया दिनुहॊस