सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिंहदरबारबाट सय दिने प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको प्रगतिबारे जानकारी गराउँदै छन् । गत …

प्रतिकृया दिनुहॊस