रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।

लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका दुई उपसभापतिसहित ९ नेतालाई पक्राउ गर्न माग गर्दै जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं …

प्रतिकृया दिनुहॊस