त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको छ । भिस्टारा एयरलाइन्सको एउटा जहाजको कारणले गर्दा अरू जहाजहरूको उडान-अवतरण प्रक्रिया केही समयका लागि रोकिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिएको जानकारी अनुसार भिस्टारा जहाजले धावनमार्गमा ट्याक्सिङ गर्ने क्रममा समस्या देखिएको हो । जहाजले धावनमार्गमा जाँदा अरू जहाजहरूले आफ्नो निर्धारित उडानको बाटो प्रयोग गर्न नसक्दा केही ढिलाइ भएको थियो ।

तर, यो समस्यालाई समाधान गर्न वैकल्पिक मार्ग प्रयोग गरिएको थियो । जहाजहरूलाई वैकल्पिक मार्ग हुँदै धावनमार्गमा पुर्‍याएर उडान प्रक्रियालाई निरन्तरता दिन प्राधिकरणले सक्रियता देखाएको छ । यसले गर्दा विमानस्थलमा उडान-अवतरण पुनः सुरु भएको हो ।

भिस्टारा जहाजको यात्रु र ह्यान्ड ब्यागहरूको जाँच भने पूरा भइसकेको छ। तर, अब विमानको कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेजहरूको थप जाँच प्रक्रिया जारी छ । सुरक्षा मापदण्डअनुसार, सबै कार्गो कम्पार्टमेन्टमा रहेका सामग्रीहरूको कडाईका साथ चेकजाँच गरिंदैछ। यदि कुनै शंकास्पद वस्तु फेला परेमा, बम डिस्पोजल टोलीलाई बोलाएर त्यसलाई निष्क्रिय गरिनेछ । तर, यदि शंकास्पद वस्तु फेला परेन भने यो घटनालाई ‘फेक कल’ मानिँदै जहाजलाई उडानका लागि अनुमति दिइनेछ ।

सुरक्षा र सावधानीलाई विशेष प्राथमिकता दिँदै सबै प्रक्रिया अगाडि बढाइएको छ। विमानस्थल प्रशासनले यात्रुको सुरक्षा सुनिश्चित गर्न कुनै पनि ढिलाइ नगरी आफ्नो काम गरिरहेको जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस