त्रिवि स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोधिने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार पारिने भएको छ । त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी दिएकी हुन् ।

त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा आगामी वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले त्रिविका प्रश्नपत्रहरू नेपाली भाषामा पनि तयार पारिने स्पष्ट पारेकी हुन् । ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकाय्को स्नातक तहका प्रश्नपत्रह अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन्, ’हाललाई शिक्षाशास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानुन संकायको स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।’ त्रिविका परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको भन्दै संसद्मा पनि प्रश्न उठेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस