मन्त्रिपरिषद बैठक स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा ५ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।

‘मन्त्रिपरिषद बैठक साँझ ५ बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले सुनाए, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो ।

आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने ती मन्त्रीले बताएका छन् । संसद अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

काठमाडौं । गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् ।

प्रतिकृया दिनुहॊस