हेटौँडा सिमेन्ट उद्योगबाट फेरि उत्पादन बन्द

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मत सम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ । बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले  उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले  वताए। उपकरण मर्मत सकिएलगत्तै उत्पादन सुरु गरिने उनले जानकारी दिए ।

यस उद्योग करिब साढे दुई महिनाअघि आर्थिक अभावले बन्द भएकाेमा भदौ तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेर भण्डार गरिएको, अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ सरकारले एक अर्ब ५० करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरी विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा 

  काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन …

प्रतिकृया दिनुहॊस