नेफेज अध्यक्षमा कार्की, बमलाई पपुलर मत

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको शुक्रबार भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरे । कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए । उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे ।

महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भए । दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए ।

सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरे छ । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस