टेक्नोको दसैँ अभियान ‘मनाऔँ चाडपर्व टेक्नोसँग’ सुरु

काठमाडौँ । मोबाइल ब्राण्ड टेक्नोले दसैँ अफर सुरु गरेको छ । “मनाऔँ चाडपर्व टेक्नोसँग” नामक यस योजना अन्तर्गत, टेक्नो फोन खरिद गर्दा ग्राहकहरूले थाइल्याण्डको नि:शुल्क भ्रमणको अवसर लगायत चेस्ट ब्याग, स्पिकर र ब्लुटुथ स्पिकर सहित दैनिक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

टेक्नोका टेक्नो स्पार्क गो वान र बब्बाल च्वाइस फोन, टेक्नो स्पार्क थटी सी बजारमा रुचाइएका फोन भएको बताइएको छ । जसअनुसार टेक्नो स्पार्क गो वानका लागि प्रारम्भिक मूल्य रु ११,९९० र टेक्नो स्पार्क थटी सी को लागि रु १६,४९० रहेको छ ।

टेक्नो स्पार्क गो वानमा सेग्मेन्ट फर्स्ट १२० हर्ट्ज रिफ्रेस रेट, ४ जीबि यार्म सहितको डुअल स्टेरियो स्पिकरहरू रहेका छन् भने यसले चार वर्षको ल्याग फ्री कार्यसम्पादनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खाद्यले २१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने, कति पर्ला मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र …

प्रतिकृया दिनुहॊस