ह्याम्स अस्पतालले नयाँ भवनबाट सुरु गर्‍यो ओपीडी सेवा

काठमाडौं । भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ युगको सुरुआत भएको छ । ह्याम्स अस्पतालले यस अस्पतालको ४३ प्रतिशत सेयर किन्दै व्यवस्थापनको जिम्मेवारी लिएससँगै अस्पतालको सेवा विस्तार र गुणस्तरीय सुधारको योजना अघि बढाइएको छ ।

आजदेखि यस अस्पतालमा ओपीडी सेवा सुरु भएको छ, जसले भक्तपुर र वरपरका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ । दशैंको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा ह्याम्स अस्पतालका अध्यक्ष र नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले नयाँ सुविधासम्पन्न ओपीडी भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमले स्थानीय बासिन्दा र अस्पतालका कर्मचारीहरूलाई उत्साहित बनाएको थियो । भण्डारीले ओपीडी सेवाको सुरुआतलाई भावी सुधार र सेवाको विस्तारतर्फको पहिलो कदमका रूपमा चित्रित गरेका छन् ।

ओपीडी सेवा सुरु भएसँगै अब भक्तपुरका बासिन्दालाई सर्वसुलभ, गुणस्तरीय, र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त हुनेछ । नागरिक अस्पताललाई ह्याम्स अस्पतालले कर्पोरेट अस्पतालको रूपान्तरण गर्दैछ, जहाँ विशेषज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरू, र व्यापक सेवा विस्तारका साथ उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछ ।

अस्पताललाई सय शय्याको आधुनिक स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्न ह्याम्सले दीर्घकालीन योजना बनाएको छ। ह्याम्सले व्यवस्थापन हातमा लिएसँगै सेवामा सुधार ल्याउन र भक्तपुरलाई स्वास्थ्य सुविधाको क्षेत्रमा महत्त्वपूर्ण स्थान बनाउन लागि परेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds