नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ । ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार नगद सम्मान गरिएको प्रभु महालक्ष्मी लाइफले जनाएको छ ।

प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले तामाङलाई रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताउदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए ।

तामाङले असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप