घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले जानकारी दिए ।

मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको डिएसपी पोखरेलले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after