फाइल फाेटाे

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ ।

बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुरको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका बालक बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस