खाद्य पदार्थमा यात्रुसँग बढी असुले कारबाही

काठमाडौं । यात्राका क्रममा वर्षाका कारण बीच बाटोमा रोकिएका यात्रुलाई खाना, खाजा र पानीलगायतका खाद्यपदार्थमा अधिक मूल्य नलिन जिल्ला प्रशासन कार्यालय धादिङले व्यवसायीलाई अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले यात्राका क्रममा रोकिएका यात्रुलाई अधिक मूल्य नलिन व्यवसायीलाई सचेतसमेत गराएको छ । खाद्य पदार्थमा अधिक मूल्य लिएको पाइएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा भनिएको छ ।

‘बिहीबारदेखिको लगातारको वर्षाका कारण धादिङ जिल्लामा पनि नदी तथा खोलामा जलसतहले खतराको तह पार गरेको तथा नदी÷खोलाको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा नदी/खोला किनारा, पुल पुलेसा तथा वरिपरिका सडकमा अत्यावश्यकबाहेक आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न/नगराउन अनुरोध छ,’ सूचनामा उल्लेख छ । साथै पृथ्वी लोकमार्गलगायत जिल्लाका अधिकांश सडक पहिरोका कारण अवरुद्ध भएकाले सो मार्ग भएर यात्रा नगर्न पनि सचेत गराइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि …

प्रतिकृया दिनुहॊस