बाढीपहिरोबाट क्षति पुगेका गाडी टाटाले घरमै गएर मर्मत गरिदिने

काठमाडौं । टाटा मोटर्सले देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो तथा डुबानबाट क्षति पुगेका गाडी मर्मतका लागि आपत्कालीन सेवा सुरु गरेको छ ।

कम्पनीले क्षति पुगेका आफ्ना प्यासेन्जर गाडीमा थप क्षति हुनबाट रोक्न आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको बताएको हो ।

यसका लागि टाटा मोटर्सको हटलाइनमा सम्पर्क गरी घरमा नै यो सुविधा लिन सकिने कम्पनीले बताएको छ । टाटा मोटर्सको सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने बताइएको हो ।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेर गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

यो सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

टाटाको सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राख्दै विशेष आपल्कालीन सर्भिस सुविधा उपलब्ध गराएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायुसेवा निगमका ‘क्याबिन क्रु’ को विरोध प्रदर्शन

काठमाडौं । आफूहरुमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

प्रतिकृया दिनुहॊस