टेमेनोस र बाहवान साइबरटेक साझेदारीबाट लाभान्वित हुने तयारीमा नेपाल

काठमाडौं । ग्लोबल ब्यांकिङ सफ्टवेयर कम्पनी टेमेनोसले डिजिटल ट्रान्सफर्मेसन फर्म बाहवान साइबरटेक (बीसीटी) सँग बहु–देशीय मोडेल ब्यांक विकास सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका वित्तीय संस्थाहरू महत्वपूर्ण प्राविधिक स्तरोन्नतिको लागि तयार छन् ।

यस साझेदारीले टेमेनोस कन्ट्री मोडेल ब्यांकहरूको विकास र बजारीकरण गर्ने लक्ष्य राखेको छ । जसले पूर्व(आकार दिइएको ब्यांकिङ कार्यक्षमता र देश – विशिष्ट स्थानीयकरणलाई प्रस्तावित गर्दछन् । सम्झौताले स्थानीय वित्तीय संस्थाहरूको लागत र जोखिमलाई कम गर्दै उन्नत ब्यांकिङ समाधानहरू तीव्रतासँग कार्यान्वयन गर्ने वाचाका साथ नेपाल लगायत धेरै एसियाली देशहरूलाई समेटेको छ । यस सहयोगले नेपाली ब्यांकहरूको आधुनिकीकरणलाई समर्थन गर्नका लागि बीसीटीका ४,५०० उत्पाद इंजीनियरिंग एवं डिजिटल सेवा विशेषज्ञहरूको नेटवर्कको लाभ लिनेछ ।

बीसीटी नेपालको ब्यांकिङ क्षेत्रका विशिष्ट आवश्यकताहरूलाई पूरा गर्न टेमेनोस मोडेल ब्यांकहरूलाई थप विस्तार गर्दै स्थानीयकृत कार्यक्षमता विकासक् गर्न लगानीका लागि प्रतिबद्ध छ । यो सम्झौता २०२२ मा हस्ताक्षरित टेमेनोस र बीसीटी बीचको अघिल्लो रणनीतिक साझेदारीमाथि आधारित छ, जसले अघिबाटै नेपाललाई समेटेको छ । विस्तारित सहकार्यले नेपालको वित्तीय सेवा परिदृश्यको डिजिटल रूपान्तरणलाई गति दिने अपेक्षा गरिएको छ, जसले स्थानीय ब्यांकहरूलाई थप नवीन र ग्राहक केन्द्रित ब्यांकिङ अनुभवहरू प्रदान गर्न सक्षम बनाउँछ ।

टेमेनोसका प्रमुख राजस्व अधिकृत विलियम मोरोनीले नेपालजस्ता देशहरूका लागि हुने फाइदाहरूमाथि जोड दिँदै भने कि ‘यस साझेदारीले यी बजारहरूमा वित्तीय संस्थाहरूलाई अधिक तीव्रता र गतिशीलताका साथ नवीन र ग्राहक केन्द्रित ब्यांकिङ अनुभवहरू प्रदान गर्नमा सक्षम बनाउँछ र लागतको जोखिमलाई घटाउनेछ ।’ नेपालले आफ्नो वित्तीय पूर्वाधारको आधुनिकीकरण गर्न जारी राख्दा, टेमेनोस र बीटीसीबीचको यो साझेदारीले नेपाली ब्यांकहरूलाई क्लाउड – नेटिभ प्रविधि अपनाउन र उनीहरूको डिजिटल क्षमताहरू बढाउन मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ र सम्भावितरूपमा नेपाली नागरिकहरूका लागि वित्तीय सेवाहरूमा सुधार ल्याउन सक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायुसेवा निगमका ‘क्याबिन क्रु’ को विरोध प्रदर्शन

काठमाडौं । आफूहरुमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

प्रतिकृया दिनुहॊस