मुक्तिनाथ क्यापिटलको ७.५ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारणसभा अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीका सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस