टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ ल्याएको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटिटिएचका प्याकेज कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

अफरअन्तर्गत साबिकका एफटिटिएचका प्याकेजमा साबिककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डाटा तथा कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस ब्याण्डविथ कायम गरिएको छ । अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटिटिएच नयाँ जडानमा जडान शुल्क ५०० छुटसमेत गरिएको छ ।

कम्पनीका अनुसार दशैँ अफरअन्तर्गत नै जिएसएम सेवाका ग्राहकका लागि ७९९ मा अलनेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जिबी डाटा र ५०० अलनेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज रहेका छन् । साथै २५० मा १००० मिनेट अलनेट भ्वाइस सुविधासहितको १००० मिनेट अलनेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अननेट एसएमएस सुविधाको १००० अननेट एसएमएस प्याकेजसमेत रहेका छन् । उल्लेखित सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन समयावधि तोकिएको कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलको ७.५ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १५औँ वार्षिक साधारणसभा अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको …

प्रतिकृया दिनुहॊस