बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किदै छन् …

प्रतिकृया दिनुहॊस