सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धित बैंकका सेवा तथा सुरक्षित र भरपर्दो बैंकिङ आईसेवा आन्तरिक र बाह्य प्रयोगकर्तालाई उपलब्ध गराएकोले बैंकले उक्त प्रमाणपत्र पाएको हो।

बैंकले ग्राहकको डेटा सुरक्षा र आफ्नो प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। अहिले पाएको प्रमाणपत्र हाल रहेको प्रमाणपत्रभन्दा माथिल्लो स्तरको हो।

बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)को मूल्यांकनपछि पछिल्लो प्रमाणपत्र प्राप्त भएको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दराजसँग दशैं धमाका योजनाका लागि सानिमा बैंकद्वारा सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट …

प्रतिकृया दिनुहॊस