सुन तोलामा १ लाख ६० हजार नाघ्यो, बन्यो नयाँ कीर्तिमान

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

यो दिन सुनको मूल्य ७ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साना उद्यमीको अधिकारमा सरकारले ध्यान दिनुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा …

प्रतिकृया दिनुहॊस