साना उद्यमीको अधिकारमा सरकारले ध्यान दिनुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षा गर्ने बताएका हुन् ।

साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढन नसक्ने उनले बताए । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनको धारणा छ । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए ।

उनले नेपालले हालै लगानी सम्बन्धी आठवटा कानुनहरू परिमार्जन गरेको र लगानीको वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिए । लगानीको वातावरण निरन्तर सुधार भइरहेको बताएका ढकालले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

प्रतिकृया दिनुहॊस