दिपलको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड दिपलको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन् । दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले खड्कालाई दिपाल एस७ ईभी हस्तान्तरण पनि गरेको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।

ब्रान्ड एम्बेसडरमा नियुक्त खड्काले अब ईभी नै महत्त्वपूर्ण सवारीसाधनको माध्यम भएको बताए । उनले दिपलको गुणस्तर, सहजता, र किफायिताले यो महत्त्वपूर्ण गाडी भएको उल्लेख गरे । दिपल पारिवारिक गाडी समेत भएका कारण आफूले यसलाई रुचाएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

प्रतिकृया दिनुहॊस