भृकुटीमण्डपमा बजाजको ग्रान्ड कार्निभल, पुरानो मोटरसाइकलसँग नयाँ साट्न मिल्ने

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ । दसैँ–तिहारको अवसरमा बजाजले यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

कार्निभलमा ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउने कम्पनीले जनाएको छ ।

यस्तै, सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक विजेताले लक्की ड्र मार्फत दश तोला चाँदी जित्नसक्ने कम्पनीले बताएको छ ।

ग्रान्ड कार्निभलमा ग्राहकले आफ्नो पुरानोसँग नयाँ बजाज मोटरसाइकल खरिद तथा साटासाट गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दिपलको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड दिपलको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् …

प्रतिकृया दिनुहॊस