बजाजको ग्रान्ड कार्निभलमा नयाँ खरिद र साटासाट गर्ने सुविधा

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ।

विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो।

यस ग्रान्ड कार्निभलअन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन्। साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन्।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले तोड्यो कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो ।

प्रतिकृया दिनुहॊस