रोनाल्डोको १० औं गोलमा युभेन्ट्सको सहज जित, लिगमा ११ अंकको अग्रता

काठमाडाैं । युभेन्टसले इटालियन सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिग अन्तर्गत युभेन्ट्सले शनिबार फिओरेन्टिनालाई ३-० ले हराउँदै लिगमा अपराजित यात्रा जारी राखेको हो।

यो जितसँगै साविक विजेता युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ। युभेन्टसलाई जिताउन रोनाल्डो, रोड्रीगो बेनटान्कुर र  जिओर्जियो किएलिनले गोल गरे। खेलको ३१ औं मिनेटमा पाउलो डिबालाको पासमा  रोड्रीगो बेनटान्कुरले गोल गर्दै युभेन्टसलाई सुरूवाती अग्रता दिलाए। नियमित मिडफिल्डर मिरालेम प्यानिच चोटका कारण अनुपस्थित खेलमा बेनटान्कुरलाई मौका दिइएको थियो।

पहिलो हाफमा १-० ले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफमा कप्तान जिओर्जियो किएलिनीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ६९ औं मिनेटमा किएलिनीको प्रहारलाई फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो। यो सँगै १८ महिने लामो गोलको खडेरी किएलिनीले तोडेका छन्।

खेलको ७९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई ३-० को सहज जित दिलाए। युभेका फरवार्ड मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन्। यो सँगै रोनाल्डोको लिगमा १० औं गोल पुरा भएको छ। रोनाल्डोले गोल गरेपछि खुसियाली मनाउने क्रममा बललाई बाहिर हानेपछि रेफ्रीले उनलाई पहेँलो कार्ड देखाएका थिए ।

सिजनको सुरुवातमा रियल छाडेर युभे आएका रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनीसँगै जेनोआका क्रिस्टोफ पियाटेकको पनि १० गोल छ। रोनाल्डोले सन् २०१८ मा ३२ लिग गोल गरेका छन् । यो नै यस वर्षको सर्वाधिक गोल संख्या हो । उनलाई मेसीले २८ गोलमा पछ्याईरहेका छन्।

युभेन्टसले यस जितसँगै १४ खेलबाट १३ जित र १ बराबरी सँगै ४० अंक बनाएको छ। दोस्रो स्थानको नेपोलीले १३ खेलमा २९ अंक जोडेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।

प्रतिकृया दिनुहॊस