सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९७ लाखको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ करोड ९८ लाखसहित जम्मा रु ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ ६१ पैसा लाभांश स्वीकृत गरेको हो ।

सोमबार बसेको ४६३औँ सञ्चालक समितिको बैठकले गरेको सो निर्णय अब राष्ट्र बैङ्कले स्वीकृति दिएसँगै लागू हुनेछ ।

२०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैङ्कले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंक लिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा …

प्रतिकृया दिनुहॊस