प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत दुई विधामा सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेड भिजा इन्टरनेसनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् ‘एक्सलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस’ र ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन’ गरी दुई विधामा सम्मानित भएको छ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो।

यस्तै, दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तार सँग सम्बन्धित रहेको बैंकले जनाएको छ।

बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ व्यवसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरीकाले विद्युतीय भुक्तानीको माध्यम बाट गरिन्छ।

प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको हो। भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ।

कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन्।

प्रभु बैंकद्वारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

छोटो समयको अन्तरालमानै बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स …

प्रतिकृया दिनुहॊस