नेप्सेले भन्यो- सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्नू

काठमाडौं । नेपाल स्टक एक्स्चेनज (नेप्से)ले सेयरबजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । हालसम्म आधिकारिक रुपमा कुनै पनि विश्लेषक नियुक्त नगरेको भन्दै नेप्सेले लगानीकर्तालाई विश्वास नगर्न भनेको हो ।

बजार घटबढलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका विश्लेषकहरू देखिँदै आएका छन् । फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा वा आम विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने भन्दै नेप्सेले सचेत गराएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री