सुनको मूल्यमा कीर्तिमानमाथि कीर्तिमान, पुग्यो १ लाख ५९ हजार

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार बढेको मूल्यले सोमबार पनि उकालो यात्रा जारी राखेर नयाँ कीर्तिमान बनाएको हो ।

सोमबार तोलामा४ सयले बढेर १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोयल इनफिल्ड वान राइड-२०२४ सम्पन्न

काठमाडौँ । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ …

प्रतिकृया दिनुहॊस