ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवायुवतीको मृत्यु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । ओमानमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा नेपाली युवायुवतीको मृत्यु भएको हो ।

राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । कार सारुले चलाइरहेका थिए । एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यकर्तालाई रविको अपिल- मलाई यो सरकारले जे पनि गर्न सक्छ, अलर्ट भएर बस्नुहोला

काठमाडौं । गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले आफू पनि पक्राउ पर्न सक्ने बताएका छन् । जोशी पक्राउ परेपछि आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरे ।

प्रतिकृया दिनुहॊस