ग्लोबल आइएमई बैंकले पायो अन्तरबैंक फुटसलको उपाधी

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ।

संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको प्रतियोगितामा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी थिए। प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरु सहभागी थिए।

पुरुष र महिला दुवैतर्फको उपाधि ग्लोबल आइएमई बैंकले जित्नुका साथै पुरुष र महिला दुवैतर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ।

उक्त प्रतियोगितामको फाइनलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो। ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारे। साथै, महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन्।साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन्।

अन्तर बैंक फुटसल २०८० मा महिलातर्फको उपाधी पनि ग्लोबल आइएमई बैंकले जितेको थियो। यो वर्षको उपाधीसँगै ग्लोबल आइएमई बैंकको महिलातर्फको बिजेता उपाधी लगातार दोस्रो पटक हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौँ । भिसा इन्टरनेसल द्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स …

प्रतिकृया दिनुहॊस