काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका –१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ बर्षीय मनोज सहानी, ४२ बर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका वडा सदस्य जिटीसहित पाँच जनालाई वालिङ –१ रामवाच्छाबाट पक्राउ गरिएको रानाले बताए ।
पक्राउ परेका पाँच जनालई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाही हुने रानाले बताए ।
तपाईंको प्रतिकृया




